बाजुराका बालगायक सुप्रिमलाई सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार

January 27, 8:57

बालगायक सुप्रिम मल्ल ठकुरीलाई सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार प्रदान गरिने भएको छ । सरुभक्त केन्द्रले सुप्रिमलाई पुरस्कार प्रदान गर्नेछ ।

आगमी माघ २७ गते पोखरामा कार्यक्रम गर्दैै उनलाई पुरस्कार अर्पण गरिनेछ ।

५० हजार नगद राशीसहित सम्मानपत्र प्रदान गरिने सरुभक्त केन्द्रका अध्यक्ष महेन्द्र श्रेष्ठले बताए ।

सहित्यकार सरस्वती प्रतिक्षाको संयोजकत्वमा गठित ५ सदस्यीय प्रतिभा छनोट समितिले बालगायक सुप्रिमको नाम सिफारिस गरेको थियो ।

सरुभक्त केन्द्रले सुप्रिमको नाम अनुमोदन गर्दै पुरस्कार अर्पण गर्न लागेको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

बलप्रतिभा पुरस्कार वितरणका लागि साहित्यकार सरुभक्त श्रेष्ठले स्वर्गीय पिता गणेशबहादुर श्रेष्ठ र माता स्वर्गीय लक्ष्मी श्रेष्ठको नाममा ११ लाख ५० हजार रुपैयाँको अक्षयकोष खडा गरेका छन् ।

‘१६ वर्षमुनिका नेपाली बालबालिकाहरु जसले आफ्नो अदम्य प्रतिभा देखाइ मुलुकको इज्जत, प्रतिष्ठा र गरिमा कायम गर्न सफल भएका हुन्छन् त्यस्ता प्रतिभालाई हरेक वर्ष पुरस्कार प्रदान गरिनेछ’, अध्यक्ष श्रेष्ठले सुनाए ।

पोखरामा २०६० सालमा सरुभक्तको सम्मानमा तीर्थ श्रेष्ठको अध्यक्षतामा साहित्यकार सरुभक्त सरोकार केन्द्र स्थापना भएको थियो ।

समितिले पोखराकै कुमुदिनी होम्स विद्यालयसँग सहकार्य गरेर २०५६ सालमा पुरस्कार स्थापना ग¥यो । स्थापनको दोस्रो वर्षदेखि पुरस्कार अर्पण गर्न थालिएको हो ।

२०६९ सालसम्म अर्पण गरिएको पुरस्कारबाट ८ जना बालबालिका सम्मानित भए ।

सम्मानित हुनेमा विश्वकै प्रथम कीर्तिमानी सगरमाथा आरोही तेम्बाछिरी शेर्पा (२०५७), नृत्य क्षेत्रबाट ज्योति थापा (२०५८), गायन क्षेत्रबाट ऋतु लामा (२०६०), कला क्षेत्रबाट शिखा कटुवाल (२०६१), कला क्षेत्रबाटै करुणा गुरुङ (२०६२), खेलकूद क्षेत्रबाट सिपोरा गुरुङ (२०६४), विज्ञान तथा प्रविधि क्षेत्रबाट कुशल केसी (२०६५) र पर्वतारोहण क्षेत्रबाट निमा छ्याङदी शेर्पा (२०६९) रहेका छन् ।

११ वर्षदेखि पुरस्कार वितरण रोकिएको छ । पहिला १ लाख रुपैयाँको अक्षयकोष खडा गरेर १५ हजार रुपैयाँ राशीको बालप्रतिभा सम्मान वर्षेनी दिदैं आएको थियो । अहिले अक्षयकोषसँगै पुरस्कारको राशी पनि बढाएको केन्द्रका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

सामाजिक सञ्जालबाट प्रतिभा पहिचान हुँदै उदाएका सुप्रिम २०६९ साल बैशाख ३० गते बाजुराको हिमाली गाउँपालिका–६ मा जन्मिएका हुन् ।

११ वर्षको उमेरमै उनले सांगीतिक दुनियाँमा शिखर चुमिसकेका छन् ।

हाल काठमाडौंका महर्षि स्कुलमा कक्षा ६ मा अध्ययनरत उनी गायन सम्बन्धि रियालिटी सो ‘भ्वाइस अफ किड’ को पहिलो सिजनमा फस्ट रनरअप हुँदै सांगीतिक दुनियाँमा फराकिलो उडान भर्न सफल भए । ‘भ्वाइस अफ किड’ ले उनलाई चर्चासँगै माग बढाइदियो ।

उनले लोक तथा दोहोरी, आधुनिक, चलचित्र, बाल, देशभक्ती गीतसँगै देउडा, सालैजो, ठाडोभाका, गजल, पुर्वेली, लिम्बु, किराँती, मधेसी लगायतका भाषाभाषीका गीतमासमेत स्वर भरेका छन् ।

झन्डै १९० गीतमा सुप्रिमले जादुमय स्वर भरेका छन् । उनी अझ धेरै प्रत्यक्ष दोहोरी गायनमा सक्रियसँगै निकै अब्बल छन् । प्रत्यक्ष दोहोरी गायनमा उनलाई भ्याइनभ्याइ ।

२१० बढी मेला, महोत्सवमा लाइभ प्रस्तुती दिएका उनका प्रत्यक्ष दोहोरी गायनतर्फ ५०० बढी प्रस्तुती डिजिटल सांगीतिक बजारमा उपलब्ध छन् । थुप्रै अवार्डसमेत हात पारेका सुप्रिमले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट क्यासनेप उत्कृष्ट बालप्रतिभा अवार्ड थापेका थिए ।

सुप्रिमको ‘फापरको पिठो’, ‘परान बाँकी छ’, ‘जाउ बाबु नभन्नु आमा’, ‘रेलको बाटो’, ‘धोकेबाज’, ‘ओइ काजल’, ‘सम्झि राख है साथी’, लगायतका गीत निकै हीट छन् ।

सम्बन्धित वर्गका समाचारहरू

जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा