कोरोना भाइरसका कारण हालसम्म चीनमा १ हजार ६ सय ६२ जनाको मृत्यु

Novel Corona
Novel Corona
February 16, 8:15

काठमाडौँ, फागुन ४ – कोरोना भाइरसका कारण हालसम्म चीनमा १६६२ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमण हुनेहरुको संख्या ६८ हजार नाघेको छ । हालसम्म यो भाइरस नियन्त्रण गर्ने भ्याक्सिन बन्न सकिरहेको छैन । विश्वभर यो भाइरसले त्रास फैलाइराखेको छ । यो भाइरस नियन्त्रणका लागि चीनले ठुलो प्रयास गरिराखेको छ । चीनलाई विश्वका कैयौँ देशले यात्रामा प्रतिबन्धदेखि चीन हुदै यात्रा गर्ने क्रम पनि रोकेका सूचनाहरु जारी गरिरहेका छन् । यससँगै यसबाट ज्यान जानेको तथ्यांक हरदिन बढ्दै आएको चीनबाटै प्राप्त समाचारहरुमा जनाइएको छ ।
चीनलाई यसैहप्ता मात्र पनि ग्रुप ७७ समूह, संयुक्त राष्ट्रसंघ तथा संयुक्त राज्य अमेरिकाले सहयोग गर्ने जनाएका थिए । संयुक्त राष्ट्रसंघले चीनलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउने आवश्वासन दिदै यस भाइरसको प्रकोप रोक्न चीनको साथमा रहने बताएका थिए । उनीहरुले यस प्रकोप नियन्त्रणका लागि चीनले गरेका प्रयासको सराहना पनि गरेका थिए । हालसम्म चीनले यो भाइरसको नियन्त्रणका लागि गरेका प्रयासको सराहना उनीहरुले गरेका छन् । यसका साथै उनीहरुले चीनले आगामी दिनमा गर्नुपर्ने कार्यका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।
चिनियाँ नागरिक मामिला मन्त्रालयका अधिकृत चेन येलिङका अनुसार चीन सरकारले हरेक समूदायका लागि औसतमा आठ जना सामुदायिक कार्यकर्ता परिचालित गरेको छ । उसले कतै पनि कुनै जनशक्ति, स्वास्थ्य स्वयंसेवक, चिकित्सक तथा अन्य आवश्यक औषधि र सामग्रीहरुको खाँचो हुन दिएको छैन । उहाँले हरेक सामुदायिक कार्यकर्ताले औसतमा ३०० स्थानीय बासिन्दालाई हेर्ने गरेको जानकारी दिँदै स्थानीय नागरिकलाई प्रत्यक्ष रुपमा हेर्न यो संख्या हालसम्मका लागि पर्याप्त नै रहेको बताए । यो प्रकोप नियन्त्रणका कार्यको निरीक्षण हरेक समुदायमा त्यसको माथिल्लो निकायबाट भइरहेको र आवश्यकताअनुसार स्वास्थ्यकर्मीहरुको संख्या बढाइने गरेको जानकारी पनि दिए 

सम्बन्धित वर्गका समाचारहरू

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज राति ११…
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज… विस्तृतमा
एप्पल इभेन्ट आज, सार्वजनिक हुँदै छ आइफोन १५ 
काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको… विस्तृतमा
अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !
यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।… विस्तृतमा
मिनिबससँग रेल ठोक्किँदा चिलीमा ७ को मृत्यु
चिली । दक्षिण अमेरिकी देश चिलीमा शुक्रबार रेलवे क्रसिङमा एउटा यात्रुवाहक रेल एक मिनीबससँग ठोक्किएको… विस्तृतमा