रोनाल्डोलाई कोरोनाको संक्रमण नभएको पुष्टि

Ronaldo
Ronaldo
March 14, 7:49

काठमाडौं, चैत्र १ – युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोलाई कोरोनाभाइरसको संक्रमण नभएको पुष्टि भएको छ ।

कोरोनाभाइरसको संक्रमण भएको आशंकामा घरेलु भूमी पोर्चुगलमा नै ‘क्वारेन्टाइन’मा रहेका उनमा कोरोनाभाइरसको संक्रमण नभएको पुष्टि भएको हो ।

पोर्चुगलको माडेरिया क्षेत्रीय सरकारका अध्यक्ष मिगेल अल्बुकर्कले रोनाल्डोमा परिक्षणको क्रममा रोनाल्डोमा संक्रमण नदेखिएको पुष्टि गरेका हुन् ।

’म डाटा सुरक्षाका लागि यो मुद्दाविरुद्ध कुरा गर्न सक्दिन, तर म भन्न सक्छु कि अवस्थालाई राम्रोसंग नियालिएको छ ।’ उनले भने, ’अहिले संक्रमणको कुनै सम्भावना नभएको पक्का छ ।’

क्षेत्रीय स्वास्थ्य सचिव पेद्रो रामोसले समेत यसको पुष्टि गर्दै खेलाडी र उसका परिवार दुवैमा संक्रमणको सम्भावना नभएको बताएका छन् ।

यसअघि मार्चमा नै रोनाल्डो मडेरियामा आफ्नो आमालाई भेट्न गएका थिए । रोनाल्डो आफ्नो परिवारसंग सात तले घरको माथिल्लो दुई तलामा बस्दै आएका छन्।

सम्बन्धित वर्गका समाचारहरू

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको…
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज… विस्तृतमा
एप्पल इभेन्ट आज, सार्वजनिक हुँदै छ आइफोन १५ 
काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको… विस्तृतमा
अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !
यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।… विस्तृतमा
मिनिबससँग रेल ठोक्किँदा चिलीमा ७ को मृत्यु
चिली । दक्षिण अमेरिकी देश चिलीमा शुक्रबार रेलवे क्रसिङमा एउटा यात्रुवाहक रेल एक मिनीबससँग ठोक्किएको… विस्तृतमा