धनगढीको त्रिनगर भन्सार नाकामै कोरोनाको निगरानी कक्ष स्थापना 

Corona
Corona
March 18, 5:09

धनगढी, चैत ५ – कोरोना भाइरसको सर्तकता अन्तरगत धनगढीको त्रिनगरभन्सार नाकामा बुधवार निगरानी कक्ष स्थापना गरिएको छ ।
धनगढी उप–महानगरपालिकाले आवश्यक सैया ,स्वास्थ्यकर्मी र औषधी सहितको निगरानी कक्ष स्थापना गरिएको हो । अहिले ३ वटा सैया राखेका छौं धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भने, आवश्यकता अनुसार सैयाहरु थप गर्ने ब्यबस्था मिलाएका छौं । निगरानी कक्षमा २४ घण्टा नै स्वास्थ्यकर्मी राख्ने ब्यबस्था गरिएको छ नगरप्रमुख वडले भने, चेकजाँच गर्ने उपकरण र उपलब्ध औषधीहरु पनि राखेका छौं ।
निगरानी कक्षको अगाडी अत्याधुनीक एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको छ नगरप्रमुख वडले बताए । बिरामीलाई आवश्यक पर्न सक्ने सौचालय खानेपानीको ब्यबस्थापनि मिलाईएको छ । निगरानी कक्ष नेपाल भारत मिमानामा त्रिनगरभन्सार कार्यालयको नवनिर्मित भवनमा रहेको छ नगरप्रमुख वडले भने, त्यही ठाउँबाट बिरामीलाई थप उपचारका लागि अन्यत्र लैजान सजिलो हुने छ । त्यसैगरी धनगढी उप–महानगरपालिकाले फागुन २४ गते देखि नै भन्सारनाकामा हेल्थ डेस्क स्थापना गरेर भारतबाट नेपाल भित्रीनेहरुको चेकजाँच गरिरहेको छ ।
कोरोना भाईरस सतर्कता अन्तरगत नै धनगढी उप–महानगरपालिकामा बुधवार नै बहुसरोकारवालाहरुको बैठक सम्पन्न भएको छ । बैठकले धनगढी बजारका मुख्य चौकहरु, बसपार्कमा प्लाष्टिक पानी ट्यांकीहरु राखेर हिडडुल गर्नेहरुका लागि हातधुने ब्यबस्था मिलाउने, कोरोनाबाट बच्न सकिने बिषयमा प्रचारप्रशार गर्ने, बजारमा हुन सक्ने कालाबजारी नियन्त्रणमा सहयोग गर्ने, हाटबजार, एसईई परीक्षाकेन्द्र, बसपार्क लगायतका ठाउँमा हेल्थ डेस्क राखेर चेकजाँच गर्ने लगायतका निर्णय गरेको छ । बैकर्स क्लव कैलालीका अध्यक्ष धर्म बिष्टले कोरोना अहिले जनस्वास्थ्य क्षेत्रका लागि चुनौती भएकाले स्थानीय सरकार संग समन्वय गरेर काम गर्ने निर्णय भएको बताए ।  
वालाजी अर्जिकलद्धारा गावन हस्तान्तरण
धनगढीमा रहेको वालाजी सर्जिकल सप्लायर्सले कोरोना चेकजाँचमा खटिने स्वास्थ्यकर्मीको सुरक्षाका लागि डिस्पोजल गावन हस्तान्तरण गरेको छ ।
बुधवार धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई वालाजी सर्जिकल सप्लायर्सका प्रोप्राईटर करना वर्नवाल र दिपेन्द्र प्रसाद तिवारीले गावन हस्तान्तरण गरेका हुन । गामन स्वास्थ्यकर्मीले बिरामी चेकजाँच गर्दा लगाउने कपडा हो । अहिले बजारमा गामन पाउन मुस्कील भैरहेको छ । 
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले मानवीयताका लागि सहयोग गर्ने वालाजी सर्जिकल सप्लायर्सका प्रोप्राईटरद्धायलाई धन्यवाद दिए । उनले भने, कतिपय ब्यापारीहरुलाई कालोबजारी गरेको भन्दै कार्वाही गरिरहेका बेला वालाजी सर्जिकल सप्लायर्सले सहयोग गरेको छ यसबाट ती ब्यापारीले सिकुन ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा