कैलालीमा भोलि मध्यरातदेखि लागुहुने गरि निषेधाज्ञा जारी

खप्तड
खप्तड
August 19, 6:50

२०७७ भदौ ३ गते बुधबार
कैलालीमा बिहीवार( भोलि ) राति १२ बजेदेखि भाद्र १४ गतेसम्मका लागि निषेधाज्ञा लगाईने भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

यो अवधिमा औषधि, खाद्यबस्तु र अत्यावश्यकीय वस्तु खरिदको काममा बाहेक बाहिर निस्कन पाइने छैन् । अत्यावश्यक कामका लागि बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्नेछ । अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकाय बाहेक सवारी सञ्चालनमा रोक लगाइएको छ ।

सम्पुर्ण व्यापार व्यवसाय सञ्चालनमा रोक लगाईएको छ।डिपार्टमेन्ट स्टोर, सैलुन, व्युटिपार्लर, जिमखाना, फुटपाथमा संचालन हुने व्यापार, होटल तथा रेष्टुरेन्ट खोल्न नपाइने निर्णय समेत भएको छ । खाद्यान्न, तरकारी, दुध, फलफुल, मासुको हकमा सुरक्षाका मापदण्ड पालना गरी निश्चित समयमा खोल्न सकिने जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले निर्णय गरेको छ ।

जिल्ला भित्र प्रवेश निषेध गरिने निर्णय पनि भएको छ । अत्यावश्यक कार्यालयमा कार्यरत कर्मचारीले भने फोटो सहितको परिचय पत्रका आधारमा सवारी संचालन गर्न दिइने भएको छ । 
कैलाली
कैलाली

 

सम्बन्धित वर्गका समाचारहरू

जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा