डोटीको बडिकेदार गाउपालिकामा उच्च गतिको फोरजी ईन्टरनेट सेवा बिस्तार गरिदै

Doti
Doti
October 05, 7:58

२०७७ असोज १९ गते,सोमबार
चक्र बलायर,डोटी
डोटीको बडिकेदार गाउँपालिकामा पहिलो पटक उच्च गतिको इन्टरनेट सेवा अर्थात् फोरजी सेवा विस्तार गरिन लागेको छ।

नेपाल टेलिकमले डोटी जिल्लाभरिमा फोरजी सेवा
सञ्चालन गर्न लागेको छ । त्यस क्रममा डोटीको जोरायल गाउपालिका सम्म सेवा बिस्तार गरेको टेलिकमले कोरोना संक्रमणले गर्दा डोटीका अन्य स्थानीय तहमा उच्च गतिको इन्टरनेट सेवा अर्थात् फोरजी सेवा विस्तार गर्ने काम रोकियको थियो ।

नेपाल टेलिकम दिपायलले फेरि सेवा बिस्तार गर्ने क्रममा डोटीको बडिकेदार गाउपालिकामा रहेका टेलिकमका तीन वटा टावरमा डिभाइस जोड्नेकाम सुरु गरेको छ। गाउपालिकाको केन्द्र रहेको खडेउलीमा रहेको नेपाल टेलिकमको टावरमा डिभाइस जोडिएको छ भने अन्य दुई स्थान घागल र अतरकाडाको टावरमा डिभाइस जोड्ने कार्य सुरु गरेको नेपाल टेलिकम राजपुर दिपायलले जनाएको छ

गाउपालिकामा उच्च गतिको इन्टरनेट सेवा नहुदा स्थानिय सहज रुपमा सूचना तथा समाचार हेर्न बाट समेत बन्चित थिए भने फोनको नेटवर्कले समेत राम्रो सँग काम नगर्दा स्थानिय बासी सास्थी भोग्दै आएका थिए

फोरजीसेवा बिस्तार हुने भए सङ्गै गाउपालिकामा कामकाज लगायत स्थानीयले सहजरूपमा सूचना सहजै पहुँच पुग्ने भए पछि स्थानीय खुशी भएका छ्न

गाउँपालिकामा फोरजी सेवा बिस्तार गरिएकोमा नेपाल टेलिकमलाइ धन्यवाद दिदै बडिकेदार गाउपालिकाका स्थानियले सहजरुपमा सूचनामा सहजै रुपमा पहुच पुग्ने बडिकेदार गाउपालिकाका अध्यक्ष कृष्ण ब चन्दले बाताउनु भयो

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा