उत्कृष्ट लयमा रहेका बलर बाहिरीएपछि दिल्ली विरुद्ध मुम्बई सङ्कटमा

फाईल फोटो
फाईल फोटो
March 24, 2:37

ईन्डियन प्रिमियर लिग (आईपिएल) को १२ औं सिजनसम्म आउँदा प्रतियोगितामा सर्वाधिक सफल बलरको रूपमा परिचीत लाशिथ मलिङ्गा सुरुवाती ६ खेल गुमाउने भएपछि तिन पटकको च्याम्पियन टोलि मुम्बई ईन्डियन्स सङ्कटमा परेको छ ।

मलिङ्गा विश्वकप अघि श्रीलंकाको घरेलुु क्रिकेट लिगमा सहभागिता जनाउने भएका कारण आईपिएलमा सुरुवाती ६ खेलमा अनुपस्थित रहने भएका हुन ।

मुम्बई ईन्डियन्सले आज बेलुकी सवा ८ बजे आफ्नै घरेलुु मैदानमा दिल्ली क्यापिटल्स विरुद्ध आफ्नो पहिलो खेल खेल्दैछ । दुबै टोलि जित निकाल्दै प्रतियोगितामा शुखद सुरुवात गर्न चाहन्छ्न ।

मलिङ्गको अभावमा मुम्बईले दिल्ली विरुद्ध अस्ट्रेलियाका झाय रिचर्डसन र जेम्स फल्कनर तथा जेम्स पैटिन्सन लाई मैदानमा उतार्न सक्छ । तिनै जना तिब्र गतिका बलर हुन । आईपिएल ईतिहासमा १०० खेल खेलेका मलिङ्गाले सर्वाधिक १५४ विकेट लिएका छ्न । मलिङ्गा हाल श्रीलंका टिमका कप्तान समेत रहेका छ्न ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा