बैतडीको घरमघरमा पहिरोको जोखिम

news
news
August 12, 11:03

धनगढी: बैतडीको धरमघरमा पहिरोको जोखिम कायमै रहेको छ। जिल्लाको सुर्नया गाउँपालिका -३ स्थित धरमघरमा पहिरो खस्न थालेको छ।

महाकाली लोकमार्गको सो सडकमा मोड सुधार कार्यक्रम अन्तर्गत मोड काटिएपछि पहिरो खस्न थालेको बताइएको छ। पानी पर्यो कि पहिरो खस्ने र पहिरो पन्छ्याउने काम धेरै ढिला गरेर हुने भएकाले यात्रुहरुलाई समस्या हुने गरेको त्यहाँका स्थानीयको गुनासो छ।

दार्चुला जाने तथा दार्चुलाबाट अन्य जिल्ला जाने गाडीहरुको मार्ग पनि भएकाले झनै समस्या हुने गरेको छ। पहिरोले गर्दा एम्बुलेन्समा बिरामी लैजान समेत समस्या हुने गरेको बताइएको छ। सडक डिभिजन कार्यालय पाटन बैतडीले भने स्थानीय निर्माण व्यवसायीहरुसँग सहकार्य गरी पहिरो पन्छ्याउने र नियमित पहिरो सफा गर्ने गरिएकोे बताएको छ। 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा