तलब वृद्धि नगरेको भन्दै पाटन नगरपालिकाको मूल गेटमा ताला
बैतडी साउन ३१ । वालविकास सहजकर्ता र विद्यालय कर्मचारीहरुले बैतडीको पाटन नगरपालिकामा तालाबन्दी गरेका छन् । नेपाल सरकारले बजेट भाषण मार्फत बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब १५ हजार पुर्याउने घोषणा गरेको भएपनि नगरपालिकाले वृद्धि नगरेको भन्दै नगरभित्रका विभिन्न विद्यालयमा कार्यरत उनिहरुले नगरपालिकाको मुल गेटमा तालाबन्दी गरेका हुन् ।
कतिपय स्थानीयतहरुले तल वृद्धि गरेका भएपनि पाटन नगरपालिका आफुहरुका मागप्रति उदासिन बनेकाले ताला लगाउन बाध्य भएका सिगास मावि गौरीशँँकर पोखरी गुरुडका बालशिक्षक बिष्ना केसीले बताउनुभयो । यता नगरपालिकाले भने बित्तिय समान्यीकरणको बजेटबाट कुनै पनि तलव भत्तामा खर्च गर्न नमिल्ने र अर्थ मन्त्रालयबाट पत्र आएको आन्तरीक राजस्वमा ७ हजार दिन सकिने अवस्था नरहेपछि कार्यान्वयन नगरिएको जनाएको छ ।
४ नगरपालिका र ६ गाउँपालिका रहेको बैतडीमा पञ्चेश्वर र दोगडाकेदार गाउँपालिकाले भने तलब वृद्धि गरेको बतताइएको छ । अन्य स्थानीयतहले तलब वृद्धि नगरिदिदा वालविकास सहजकर्ता र विद्यालय कर्मचारीहरुलाई न्यून पारिश्रमिकमा काम गर्नेु पर्ने बाध्यता रहेकोछ ।
जनप्रतिनिधि देखेर दिक्काए पाटन बासी, बेला बेला लाउँछन् ताला
पाटन नगरपालिकामा बेला बेला ताला लाग्ने गरेको छ । विभिन्न मागहरुको सम्बोधन नभएको भन्दै नगरबासीद्वारा नगरपालिकाको कार्यालयमा ताला लाग्ने गरेको हो ।
कहिले प्रमुख उपप्रमुख कक्षमा ताला लाग्छ भने कहिले नगरपालिकाको मुल गेटमा ताला लाग्ने गर्दछ । साउन १७ गते युवाहरुले गुरूडा–भासु– जडाकोट ३ नम्बर वडा कार्यालय जोड्ने सडक निर्माण योजनाको बिषयलाई लिएर नगरप्रमुख र उपप्रमुखको कक्षमा तालाबन्दी गरेका थिए ।
विभन्नि समझदारी पश्चात युवाहरुले लगाएको ताला खलुेपनि फेरी अहिले बालविकास सहजकर्ता र विद्यालय कर्मचारीहरुले बैतडीको पाटन नगरपालिकामा तालाबन्दी गरेका छन् । गाउँ समाजको विकास चाहेका स्थानीयहरु अहिले जनप्रतिनिधिहरुको कामकार्वाही देखेर दिक्काइ सकेका छन् ।
पाटन नगरपालिकामा साउन महिनामा मात्रै दुई पटक ताला लागि सकेको छ । यस्तै प्रधानमन्त्री स्वरोजगार कार्यत्रलममा अनियमितता भएको भन्दै पाटन नगरपालिका विभिन्न वडाहरुमा पनि स्थानीयहरुले तालाबन्दी गरेका थिए ।