आइपिएल क्रिकेटमा पञ्जावसँग राजस्थान पराजित
एजेन्सी– इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा किङ्गस इलाभेन पन्जावले राजस्थान रोयल्सलाई पराजित गरेको छ। चण्डीगढस्थित आईएस वृन्दा क्रिकेट स्टेडियममा गएराती भएको खेलमा पन्जाबले राजस्थानलाई १२ रनले हराएको हो।
घरेलु टोली पन्जाबले दिएको १८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको राजस्थानले पुरै ओभर खेल्दै ७ विकेट गुमाएर मात्र १७० रन बनाउन सक्यो। राजस्थानका राहुल त्रिपाठीले ५० रन अर्धशतकिय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन्। यस्तै स्टुवार्ड बिनीले अविजित ३१ रन बनाए। यस्तै संजु सामसनले २७, अजिन्क्या रहानेले २६ र जोश बट्लरले २३ रन बनाए।
पन्जाबका अर्शदिप सिंह, रविचन्द्र आश्विन र मोहमद शामीले २ ÷२ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो।
पन्जाबले लिगमा पाँचौ जित निकालेको हो। चौंथो स्थानको पन्जाबले ९ खेलबाट १० अंक जोडेको छ। राजस्थान ८ खेलबाट ४ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ। बुधबार हैदरावादमा चेन्नाई सुपर किंस र सनराइजर्स हैदरावाद भिड्ने छन्।