सर्वोत्कृष्ट नायक (डोटेली) को अवार्ड बोग्टानी किङलाई

news
news
October 08, 11:47

डोटेली भाषिकाका चलचित्र या गीतमा अभियन गर्दै आएका विनोद बोहरा ‘बोग्टानी किङ’लाई डोटेली भाषिकको सर्वोत्कृष्ट नायकको अवार्डले सम्मान गरिएको छ ।

काठमाडौंमा पावर इन्टरनेसनल मिडिया नेपाल (पिम नेपाल) ले गरिएको पिम नेपाल फिल्म फेष्टिबल २०२० र २०२१ को आयोजनामागरेको कार्यक्रममा धनगढीका ‘बोग्टानी किङ’लाई डोटेली भाषाको चलचित्रमा अहिलेसम्मकै उत्कृष्ट अभिनय गरेको भन्दै सर्वोत्कृष्ट नायक ९डोटेली० घोषणा गरिएको हो । लुम्बिनी प्रदेशमा गर्ने भनिएको कार्यक्रम कोभिड – १९ का कारणले रोकिएको हुँदा सो कार्यक्रमलाई दुई वर्षको एकैपटक गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा चलचित्र महोत्सवमा सहभागी भएका सिनेमालाई प्रतिस्पर्धा गराई विभिन्न विधामा अवार्ड प्रदान गरिएको कार्यक्रमका सभापति तथा चलचित्र निर्देशक मोहन निरौलाले बताए ।

महोत्सव समारोहमा १७ वटा फिचर फिल्म, ५० वबढी सर्टमुभी र १० वटा वृत्तचित्रको सहभागिता रहेको कार्यक्रममा सुदूरपश्चिमको डोटेली भाषिकामा सर्वोत्कृष्ट नायकका रुपमा बोग्टानी किङलाई घोषणा गरिएको फेष्टिबलका अध्यक्ष कमला जोशीले बताइन् ।

आयोजकले सुदूरपश्चिममा निर्मित भाषाभाषीका चलचित्र त्यसका कथा, विषयवस्तु र अभिनय बारे अध्ययन गरेका थिए । अध्ययनपश्चात् डोटेली भाषाका चलचित्रमा उत्कृष्ट अभिनय गरेको भन्दै ‘बोग्टानी किङ’लाई उत्कृष्ट नायकका रुपमा अवार्ड वितरण गरिएको आयोजकले बतायो ।

नायक बोग्टानी किङले चलचित्रमा मात्रै अभिनय गरेनन् उनले सुदूरपश्चिमका चर्चित गीतहरुमा पनि मोडलिङ क्षेत्रमा आफ्नो प्रभूत्व जमाएका छन् । ‘बोगटानी किङ’को आफ्नै स्वर र शब्दमा रहेको गीत ‘जता जान्छ यो बोगटानी उतै रमझम’ गीतले कुनै समयमा युटुवमा तहल्का मच्चाएको थियो । त्यस्तै उनको डिजे सङ ‘तेरी मेरी ब¥याँत बाजा बजन्ना’ बोलको गीतमा स्वर दिनुका साथै अभियनमा पनि समेटिएका उनले अहिलेसम्म दर्जनौ गीतमा अभियन गरिसकेका छन् । ‘जता जान्छ यो बोगटानी उतै रमझम’ उनकै स्वरमा सजिएको सो गीतमा पनि आफैले अभिनय गरेका थिए ।

थारु तथा डेउडा र आधुनिक गीतमा अभिनय गरिसकेका बोगटानी किङ पछिल्लो समयमा डोटेली भाषिकाका चलचित्र तथा गीतहरुमा आफ्नै छुट्टै पहिचना बनाइसकेका नायक हुन् ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा