नेपाली काँग्रेस बझाङद्धारा बाढी पहिरो पिडीतहरुलाई आर्थिक सहयोग
चैनपुर १३ कात्तिक असोज ३१ गते देखि कात्तिक ३ गते सम्म आएको अविरल बर्षाका कारण बझाङको थलारा गाउँपालिका वडा नम्बर ४ डिख्लामा पहिरोमा परी ज्यान गुमाएका र बिस्थापित भएका परिवारहरुलाई नेपाली काँग्रेस बझाङले १ लाख ५८ हजार नगद आर्थिक सहयोग गरेको छ ।
नेपाली काँग्रेस बझाङका पूर्व पार्टी सभापति तथा काँग्रेस नेता पृथ्वीबहादुर सिंहको नेतृत्वमा विहिवार जिल्लाबाट क्षतिग्रस्त भएको थलारा गाउँपालिका वडा नम्बर ४ डिख्लामा गएर राहत स्वरुप आर्थिक सहयोग गरेको हो । पहिरोमा परि कलक सार्कीका १८ जना र नरे पार्कीका ५ जना गरी २३ जना पहिरोमा वेपत्ता भएका थिए । २३ जना बेपत्ता भएका मध्ये उद्धारको क्रम्मा ४ जनाको शव फेला परेको छ भने अन्य १९ जना अझै बेपत्ता रहेका छन् ।
जिल्लामा आपत्कालीन अवस्थामा धनजनको क्षति भए लगत्तै पिडीतहरुको घाउँमा मलम लगाउनको लागि थलारा गाउँपालिका वडानम्बर ४ वडा कार्यसमितिको नेतृत्वमा रहने गरि नेपाली काँग्रेस बझाङले बिपत ब्यावस्थापन कोषमा ३३ हजार रुपैया दिएर कोषको सुरुवात समेत गरेको छ ।
बाढी पहिरोमा परेर परिवारहरु गुमाएका आफन्तहरको पिडामा मलम लगाउनको लागि हामी थलारा गाउँपालिका वडानम्बर ४ डिख्ला पुगेका हौ । त्यहाँको अवस्था हेर्दा साह्रै मन दुखेको छ पिडीतहरुको अवस्था झन दयनिय रहेको छ । यस्तो बिपत्तको घडिमा तेरो मेरो नभनेर सबैले आ आफ्नो तर्फबाट सकिने सहयोग गनुनै मानव जीवनको लागि अभिन्न पाटो हो ।
पिडामा परेका पिडीतहरुको घाउमा मलम लगाउन सदरमुखकाम चैनपुर देखि थलारा पुगेर आर्थिक सहयोग गरेको नेपाली काँग्रेसका नेता पृथ्वीबहादुर सिंहले बताएका छन् । उनले भने १८ परिवार गुमाएर कलक सार्कीलाई ४० हजार र ५ परिवार गुमाएका नरबहादुर पार्कीलाई २० हजार साथै घरवार बिहिन भएका अन्य ७ परिवारलाई १० हजार सहित पिडीतहरुलाई राहत स्वरुप आर्थिक र कपडा सहयोग गरेको बताए ।
गाउँ भन्दा माथी बाट पहिरो आई मानविय क्षति भएको छ । अहिले सबै डिख्ला वासीहरु मत्र नभई पुरै जिल्ला शोकमा डुबिरहेका छ । जोखीपूर्ण बस्तीहरुलाई सहि मुल्याङ्कन गरी बस्ती स्तानतरण गर्नु पने देखिन्छ । यसको लागि नेपाली काँग्रेस बझाङले सरकार संग समन्वय गरेर जिल्ला भरीका जोखिम पूर्ण अवस्थामा रहेका बस्तीहरुलाई र मानविय क्षति भोग्नु परेका स्थानीयहरुको लागि राहत र अन्य सरकारबाट पाउने सेवाहरुमा काँग्रेसको अग्रस्थानमा हात रहेर जनतालाई सहयोग गरिरहने काँग्रेसपार्टीले जनाएको छ ।
राहत बितरण कार्यक्रम्मा पूर्व पार्टी सभापति पृथ्वीबहादुर सिंहको नेतृत्वमा,पार्टीका उपसभापति मान बहादुर कठायत,निवर्तमान क्षेत्रीय सभापति भक्तराज जोशी,महाधिवेशन प्रतिनिधि तथा तरुण दलका अध्यक्ष बिष्णु ऐडि,थलारा गाउँपालिका नेपाली काँग्रेसका सभापति दिल बहादुर सिंह,महाधिवेशन प्रतिनिधि सिता खड्का,क्षेत्रीय सचिव कलक बोहरा,नेबिसंघका नेता बिनोद कडायत लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।