बझाङमा कालो बजारी बढ्दै

news
news
October 30, 3:26

चैनपुर। असोज ३१ गते देखि कात्तिक ३ गते सम्म लगातार परेको अविरल बर्षाका कारण बझाङलाई अन्त जिल्ला संग जोड्ने एकमात्र जयपृथ्वी राजमार्ग अवरुद हुदाँ बझाङमा कालो बजारी बढ्दै गएको छ । जयपृथ्वी राजमार्ग संचालनमा हुदाँ १३५ रुपैया प्रति लिटर पेटो्ल पाईन्थ्यो भने अहिले दोब्बरका दरले बढेको छ । यातायातका साधनहरु बन्द हुदाँ आयात कम भए पछि बजारमा कालोबजारी बढेको हो ।

यस्तो बिपत्तको समयमा कुनै पनि सामानको मुल्य बृद्धि गर्नु कानुन बिपरीत हो । यसलाई न्युनिकरण गर्न अब देखि निरन्तररुपमा बजार अनुगमन गर्ने प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए । उनले भने जिल्ला शोकमा डुबिरहेको बेला ब्यापारीहरुले आफु संग रहेको मौजुता सामान पहिलेकै मुल्यमा दिनुको साटो उल्टै मुल्यबृद्धि गरेको सुन्न आएको छ । तत्काल बजार अनुगमन गरी कानुन बमोजिम कावाहि पनि गरिने बताए ।

बजारमा इन्धन अभाव भई रहेको छ आपत्कालिन सेवाको लागि संचालन गरिएका एम्बुलेन्समा पनि तेल नपाए पछि बन्द हुने अवस्था आउने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका ठुला साहुजीहरुले पनि मौजुता राखेका सामानको मुल्य बृद्धि नगरेर पुरानै मुल्यमा बिक्री गर्न जिल्ला प्रशासन कार्यालय बझाङले आग्रह गरेको छ । एक्कासी दैनिक उपभोग्य सामानको मुल्य बढे पछि स्थानीय बासिनदाहरु मर्कामा परेका छन् ।
यस अघि पेट्रोल प्रतिलिटर १५० रुपैयाँ र डिजेल १२५ मा पाइने भए पनि राजमार्ग अवरुद पछी इन्धन अभाव भएको भन्दै ब्यापारीहरुले पेट्रोल प्रतिलिटर २०० रुपैयाँ र डिजेल १८० रुपैयाँमा विक्रि गर्ने गरेका छन् ।

इन्धन अभाव देखाएर विभिन्न बाहाना बनाई बढी मुल्य लिइ खुलियामा विक्रि वितरण हुने गरेको भए पनि सरोकारवाल निकायले अनुगमन तथा नियमनमा कुनै चाँसो नदिएको यातायात ब्यवसायीहरुले आरोप लगाएका छन् ।

इन्धन ब्यवसायीहरुले भने, राजमार्ग अवरुद हुँदा बजारमा इन्धन आपुर्ती नहुँदा मुल्यमा वृर्दि गर्नु परेको बताउने गरेका छन् । समानहरुको अभाव हुदै जादाँ बैकल्पीक रोडहरुलाई सुधार गरी तत्काल सामान ढुवानी गरिने भएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाको भाडेवगर,कडेल,जयपृथ्वीनगर हुदै जयपृथ्वी नगरपालिकाको नौरा बाट दैनिक उपभोग्य सामान जिल्ला भित्राउने भएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा