बझाङमा विकासका नाममा डोजर आतंक : जोखीममा बस्ती

news
news
November 02, 12:23

सुरेन्द्र खत्री ,बझाङ  १६ कार्तिक
विकासको नाममा जथाभावी सडक खन्दा बझाङ बाढीपहिरोको उच्च जोखिममा परेको छ । वातावरणीय प्रभावको अध्ययन नगरी डोजर लगाएर सडक निमार्ण गर्दा जिल्लाका ग्रामीण बस्तीहरू पहिरोको जोखिममा परेका छ ।
सडकको पहुँच पुग्दा खुसी हुनुपर्ने बासिन्दाहरूमा रुवाबासी चलेको छ । सडक निमार्णले निम्त्याएको विनासका कारण यहाँका अधिकांश गाँउहरू पहिरोको उच्च जोखिममा छन् । दुई नगरपालिका र दश गाउँपालिका रहेको बझाङमा सबै स्थानीय तहले विकासका नाममा डोजरमार्फत सडक निर्माण गरिरहेका छन् । जिल्ला भरिमा दुई दर्जनभन्दा बढी ग्रामीण सडकका कारण २ हजार भन्दा बढी स्थानमा पहिरोको खतरा बढेको छ । कमजोर भौगर्भिक अवस्था भएको पहाडी जिल्लामा जथाभावी डोजर चलाएका कारण पहिरोको खतरा दिनप्रतिदिन बढ्दै गएको भूगर्वविद् कमल थापाले बताए ।

news
सडक बनाए पछि जोखीममा परेको  बझांगको खप्तड छान्ना गाउँ पालिकाको एक गाउँ । तस्बिर : सुरेन्द्र खत्री

उनले जथाभावी सडक निर्माणको क्रम नरोके थप क्षति व्यहोर्नुपर्ने अवस्था आउन सक्ने बताए । हालै आएको बेमौसमी वर्षाका कारण पनि बाढीपहिरोमा परि बझाङमा हालसम्म १२ जनाको मृत्यु भएको छ भने १९ जना अझै बेपत्ता छन् । यसरी पहिरो जानुको एउटा कारण वातावरणीय प्रभाव मूल्याङ्कन नगरी खनिएका सडक पनि रहेको थापाले बताए । विकासका नाममा अन्धाधुन्ध डोजर लगाउँदा बाढीपहिरोले क्षति गरिरहेको खप्तडछान्नाका कमल रावलले बताए । उनले भने, ुसडक पुग्छ आवतजावतमा सहज हुन्छ भनेर खुसी भएका थियौँ । तर सामान्य पानी पर्दा पनि सडक छेउबाटै पहिरो खसेर ठूलो क्षति भयो । अहिले सयौँ परिवार विस्थापित हुने अवस्थामा छौँ । सबै गाँउ धुजाधुजा भएर फाटेको छ । घरमा बस्न पनि डर लाग्न थाल्यो ।’ वातावरणीय परीक्षण नगरेर खनिएका सडकका कारण खानेपानीका मुहान सुक्ने समस्या देखिन थालेको छ । आउँदा दिनमा खानेपानीको चरम संकट हुने सम्भावना बढेको विज्ञहरूले चेतावनी दिएका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा