‘कामका लागि दाम’

news
news
November 18, 5:06

बझाङ — सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुन थापाले बेमौसमी वर्षासँगै आएको बाढी र पहिरोबाट पीडितहरूलाई ‘कामका लागि दाम’ कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन् । बझाङमा विपद् प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि थापाले विपद् पीडितलाई सम्बोधन हुने खालका कार्यक्रम सञ्चालन गर्न नसके पीडितहरूलाई जीवन निर्वाह गर्न समस्या हुने बताए ।

बझाङको जयपृथ्वी नगरपालिका, मस्टा, खप्तडछान्ना, थलारा, केदारस्युँ, बित्थडचिर गाउँपालिकामा भएको क्षतिको स्थलगत निरीक्षण गरेपछि सभामुख थापाले सबै विपद् पीडितहरूलाई राहत प्याकेजमा समेट्न नसकेको बताए । ‘घर पूर्ण रूपमा क्षति भएको र मृत्यु भएका पीडितलाई मात्रै सरकारले राहत दिने निर्णय गरेको छ तर जिल्लामा जग्गा बगाएर सयौं परिवार सुकुम्बासी भएका छन्,’ थापाले भने, ‘उनीहरूलाई राहत प्याकेजमा समेट्न सकिएन भने धेरैले रुँदैरुँदै देश छोड्नुपर्ने अवस्था छ ।’

थापाले घर जोखिममा परेका, पशुपालन र अन्य उद्योगमा क्षति भएकाहरूलाई पनि राहत कार्यक्रमले समेट्नुपर्ने बताए । सेतीनदी, डुङ्ग्रीगाड, बाहुलीगाड, जडारीगाड र कालंगागाडलगायत नदी र खोलाहरूले ५ हजार रोपनीभन्दा बढी जग्गा कटान गरेको बताउँदै थापाले नदीले बगाएको ६० प्रतिशतभन्दा बढी जग्गालाई पुनः खेतीयोग्य बनाउनका लागि पीडितहरूलाई अनुदान दिनुपर्ने बताए । ‘यो वर्ष हिउँदभरि आफ्नो जग्गामा भएको ढुंगाहरू हटाउँछन्, खेत सम्याउँछन् । यो हिउँदमा नभए पनि जेठसम्म खेती गर्न मिल्ने गरी ६० प्रतिशत जग्गा पुनर्निर्माण गर्न सकिने अवस्था छ,’ उनले भने, ‘त्यसका लागि निश्चित मापदण्ड बनाएर किसानलाई कामको आधारमा दाम दिने व्यवस्था गर्नुपर्छ । त्यो रकमले पीडित परिवारले यो हिउँदभरि परिवार पाल्न सकोस् ।’

यसरी बगाएको जग्गा पुनर्निर्माण गर्दा अर्को वर्षबाट आधाभन्दा बढी जग्गामा खेती हुन थाल्ने र धेरै परिवारलाई राहत हुने उनको बुझाइ छ । उनले जग्गाको पुनर्निर्माण सँगसँगै नदी नियन्त्रणका कामहरू पनि थाल्नुपर्ने बताए ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा