बझाङमा जिप दुर्घटना अपडेट : ९ को मृत्यु

jeep
jeep
June 17, 6:50

बझाङ — जयपृथ्वीनगरपालिकाको डुग्रीबाट मष्टा गाउँपालिकातर्फ जाँदै गरेको जिप दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । से १ झ १०७२ नम्बरको बोलेरो जिप दुर्घटनामा हुँदा ६ जना घाइते भएका छन् । जिपमा कति यात्रु थिए भन्ने यकिन नभएका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

एकाएक मेघगर्जन सहित ठुलो पानी र हावाहुरी चलेका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको घटनास्थलमा रहेका डीएसपी सूर्यबहादुर केसीले बताए। हुम्लाबाट घाइतेलाई उद्धार गर्न आएको हेलिकप्टर पनि अवतरण गर्न समस्या भइरहेको उनले बताए।

उद्धार कार्यको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पनि घटनास्थलमा पुगेको छ। जिल्ला अस्पताल बझाङको चिकित्सकको टोलीले घटनास्थल मै घाइतेको प्राथमिक उपचार गरिरहेको र उद्धारको लागि हुम्लाको सिमिकोटबाट हेलिकप्टर मगाइएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताएका छन्।

मानिसहरू सहजै जान नसक्ने भिरमा जिप अड्किएकोले उद्धार गर्न कठिनाइ भइरहेको घटनास्थलमा रहेका प्रजिअ सुनारले जानकारी दिए। स्थानीय बासिन्दाको सहयोगमा बाटो खनेर केही प्रहरी र स्थानीयहरू घटनास्थल पुगेको उनले बताए।

मष्टा गाउँपालिका वडा नं १ मा पर्ने डौठ्या खोलाको घुम्तीबाट खसेको जिप करिब एक किलोमिटर तल रहेको अनागाडमा खसेको प्रत्यक्षदर्शी दीपक खड्काले जानकारी दिएका छन्।

मृत्यु हुने सबै मष्टा गाउँपालिका १ कोटदेवलका रहेको भए पनि कसैको पनि सनाखत हुन सकेको छैन।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा