बझाङ जीप दुर्घटना : मृत्यु हुनेको संख्या १० पुग्यो

accident
accident
June 18, 7:10

बझाङ, ३ असार - बझाङमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ । पाँच जना घाइते भएका छन् । सोमबार सदरमुकाम चैनपुर नजिकै डुग्रीबाट कोटदेवल जाने क्रममा मष्टा गाउँपालिका १ कोटदेवल नजिकै से १ ज १०७२ नम्बरको जीप दुर्घटना भएको थियो । दुर्घटनामा मष्टा गाउँपालिका १ का कलक बहादुर खड्का, उनकी श्रीमती जुनधारा खडका, छोरा सरोज खडका, सोही ठाउँका नैन खड्का, धौली खड्का, जुना खड्का, भक्त द्वाल, चालक सुरेन्द्र थापा र लक्ष्मि द्वालको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । अर्कोको एक जनाको पनि घटनास्थलमै मृत्यु भएको भए पनि पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सूर्य बहादुर केसीले बताए । 
डिएसपी केसीका अनुसार सोही ठाउँका संगिता खडका, अनिता द्वाल, जनक द्वाल, गोकुल शाही लगायत पाँच जना घाइते भएका छन् । 
बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायवउपरीक्षक सूर्यबहादुर केसीसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो। गम्भीर घाइते तीन जनालाई भने हेलिकप्टरबाट नेपालगञ्ज लगिएको प्रमुख जिल्ला अधिकारी सुनारले बताए।
गम्भीर घाइते, मृतक कलक खड्काकी छोरी संगीता खडका, २८ वर्षका गोकुल शाही, २८ वर्षकै अनिता द्वाललाई नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको छ । यस्तै २२ वर्षका जनक द्वाल र १० वर्षका गणेश खड्काको चैनपुरस्थित जिल्ला अस्पतलमा उपचार भइरहेको छ । 
दुवैजनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 
दुर्घटनामा घाइते भएकालाई हेलिकोप्टर मार्फत उपचारका लागि जिल्ला अस्पताल बझाङमा ल्याएको तर घाईतेहरु अवस्था गम्भिर भएकाले नेपालगंज रिफर गरेको जिल्ला अस्पतालका डाक्टर सन्दिप ओखेडाले बताए । जीप सडक भन्दा झण्डै ५ सय मिटर तल खसेको थियो । जीपमा सिमेन्ट, चामल तथा क्षमता भन्दा बढी यात्रु बोक्दा एवं विना डिजाइनमा काटिएका ग्रामिण सडकका कारण पनि जीप दुर्घटना हुने क्रम बढेको छ । यस वर्ष मात्र ग्रामिण सडकमा जीप दुर्घटना हुँदा झण्डै ३५ जनाले ज्यान गुमाई सकेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा