Aagan-cakes-web-banner-2

कञ्चनपुरमा कोरोना विरुद्धको खोप लगाउने १ लाख ९७ हजार नाघे

news
January 07, 12:48

कञ्चनपुर,२३ पुस  /कञ्चनपुरमा कोरोनाविरुद्धको पूर्ण खोपको मात्रा लगाउनेका सङ्ख्या एक लाख ९७ हजार २३३ पुगेको छ । स्वास्थ्य कार्यालयका कोल्डचेन अधिकृत जनक कुँवरका अनुसार कोभिड सिल्ड र स्ट्राजेनेकाको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ३४ हजार ३६२, भेरोसेलको पूर्ण मात्रा लगाउनेको सङ्ख्या एक लाख ३२ हजार ३९ रहेको छ ।

जोन्सन एन्ड जोन्सन खोप लगाउनेको सङ्ख्या २७ हजार ४००  छ । कोभिडसिल्ड र स्ट्राजेनेकाको पहिलो मात्रा ५१ हजार १०३ जनाले लगाएका छन् । यसैगरी, भेरोसेलको पहिलो मात्रा खोप एक लाख ८४ हजार ८९८ जनाले लगाएका छन् । १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई ६३ हजार ७३७ मोर्डना खोपको पहिलो मात्रा दिइएको छ ।

खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या ८६ दशमलव ६० र दोस्रो मात्रा खोप लगाउनेको सङ्ख्या ६५ प्रतिशत छ । बिहीबार मात्रै १५ हजार २०० जनालाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइएको छ । कोरोनाविरुद्धको खोप लगाउनबाट कोही नछुटून् भन्ने उद्देश्य लिएर कार्य अगाडि बढाइँदै आएको उनले बताए । भारतबाट नेपाल भित्रिने नेपालीलाई सीमा नाका गड्डाचौकीमै समेत कोरोनाविरुद्धको पहिलो मात्रा लगाउने व्यवस्था गरिएको छ । दोस्रो मात्रा सम्बन्धित पालिकामा गएर लगाउने व्यवस्था गरिएको छ । 

सम्बन्धित वर्गका समाचारहरू

नेपाल आइपुग्यो १६ लाख ६० हजार डोज मोर्डना खोप
काठमाडौँ,१० माघ । नेपालले कोभिड-१९ विरुद्ध बालबालिकालाई लगाइने १६ लाख ६० हजार डोज मोडर्ना खोप… विस्तृतमा
कैलालीमा कोरोना विरुद्धको खोप लगाएको आधा घण्टामै एकको मृत्यु…
धनगढी, ९ माघ /  कैलालीमा कोरोना विरुद्धको खोप लगाएर घर हिँडेका एक पुरुषको बाटोमै मृत्यु भएको छ।… विस्तृतमा
एमाले अध्यक्ष केपी ओलीलाई कोरोना सङ्क्रमण
काठमाण्डौ,९ माघ  / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना भाइरस सङ्क्रमण  पुष्टि भएको छ ।… विस्तृतमा
नेपालमा थप १० हजार २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको…
 धनगढी ९ माघ /  नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा कोरोना संक्रमण भएको छ । साथै १६… विस्तृतमा