डोटीमा जिप दुर्घटना हुदा ६ जना घाइते

1
1
July 01, 12:15

डोटी, असार १६ - डोटी डोटीको आदर्श गाउँ पालिकामा आज बिहान जिप दुर्घटना हुदा ६ जना घाइते भएका छन् ।आदर्शगाउँ पालिकाबाट सायल गाउँपाली तर्फ जादै गरेको से १ च ९१७ नम्बरको जिप आदर्श गाउँपालिका ७ साइली गाड नजिक गजेडा भन्ने ठाँउमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ । घाइतेहुनेहरुमा सायल उपालिका १ कौराडि बस्ने बर्ष २७का राजु दमाई , सोही ठाँउ बस्ने बर्ष १५कि बारुलि नेपाली ,टीका नेपाली रहेका छन् ।

त्यस्तै आदर्श गाउँपालिका (७ बस्ने बर्ष ३६का रमेश नेपाली ,सोही ठाँउ सातला बस्ने १२बर्षका महेश नेपाली , सोही गाउपालिका (६ गिरि चौका बस्ने चालक कटक सिलाल रहेको जिल्ला प्रहरी कार्यलय डोटीका प्रहरी नायब उपरीक्षक लाल बहादुर धामीले जानकारी दिए । घाइते मध्य चालक सिलाल गम्भीर घाइते रहेकोे प्रहरी उपरीक्षक धामीले जानकारी दिए। घाइतेहरुको उपचार लागि दिपायल ल्याइ रहेको प्रहरी उपरीक्षक धामीले जानकारी दिए। जिप सडकबाट ६० मिटर तल खसेको प्रहरीले जनाएको छ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा