मेलेसियालाई पराजित गर्दै नेपाल फाइनलमा
July 08, 11:44
काठमाडौँ – मलेसियालाई पराजित गर्दै नेपाल एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । भर्खरै सकिएको खेलमा मलेसियालाई नेपालले ७ विकेटले हराएको हो ।
८८ रनको झिनो लक्ष्य पाएको नेपालले तिन विकेट गुमाएर मात्र १५.५ ओभरमा लक्ष्य पूरा गर्यो । नेपालको जितमा भीम शार्कीले ३३ कप्तान रोहित कुमार पौडेलले ३१ र पवन सर्राफले १८ रनकाे याेगदान दिए ।
यसअघि मलेसियालाई नेपालले ४०.५ ओभरमा अलआउट गरेको थियो ।
मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका सागर ढकालले ३ कुशल मल्लले दुई तथा रसिद खान, कमल सिंह ऐरी र तिलक राज भण्डारीले एक/एक विकेट लिएका थिए ।
अब नेपालले फाइनलमा सिंगापुर र हङकङबीचको विजेतासँग खेल्नेछ ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
July 15, 2:24
July 17, 11:12
सम्बन्धित वर्गका समाचारहरू
February 19, 6:21
धनगढी । श्री कलेज मेनेजमेन्ट धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा