बझाङमा आमासहित दुई छोरामाथि चक्कु प्रहार

August 22, 1:53

बझाङ –बझाङको एक परिवारका सदस्यमाथि मध्यराति अज्ञात व्यक्तिद्वारा चक्कु प्रहार गरिएको छ ।

बझाङको सुर्मा गाउँपालिका–३ घर भई चैनपुरस्थित सुर्मा टोलमा बस्ने कलक विककी श्रीमती र दुई छोराहरुमाथि सुतिरहेको बेला अज्ञात व्यक्तिले चक्कु प्रहार गरेका हुन् । 

चक्कु प्रहारबाट २७ वर्षीया सुनिता विक र उनका दुई छोरा ७ वर्षीय आदित्य र ४ वर्षीय आबेल घाइते भएका छन् । चक्कु प्रहार गर्ने व्यक्तिले सुनिताको साथमा रहेको मोबाइल समेत लुटेर लगेका छन् । सुनिताका श्रीमान कलक भने काठमाण्डौंमा रहेका छन् । 

घाइते भएका तिनै जनाकोे जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घटनाका बिषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा