लासिथ मालिंगाले छाडे क्रिकेट, २७ वर्षे मोहम्मद आमिरले टेष्टबाट लिए सन्यास

Malinga and Amir
Malinga and Amir
July 27, 10:49

काठमाडौं, साउन ११ - पाकिस्तानका मोहम्मद आमिरले टेष्ट क्रिकेटबाट सन्यास लिएका छन् । यसैगरी श्रीलंकाका अर्का क्रिकेटर लासिथ मालिंगाले पनि क्रिकेट त्यागेका छन् ।

मालिंगा सटिक यार्करका लागि चिनिन्छन् भने आमिरको बलिङ पनि खतरनाक भएको स्पष्ट देखिन्छ ।

आमिरले सन् २००९ मा १७ वर्षको उमेरमा श्रीलंकाविरुद्ध पहिलो टेस्ट क्रिकेट खेलेका थिए । उनले ३६ औं टेष्ट म्याचमा पाकिस्तानको प्रतिनिधित्व गरे र ३७.४० को औसतमा ११९ विकेट लिए ।

२७ वर्षे आमिरले पाकिस्तान क्रिकेट बोर्डमार्फत् आफ्नो सन्यासको घोषणा गरे । त्यसपछि आउनले आफ्नो ट्वीटमार्फत पाकिस्तान क्रिकेट बोर्ड र पूर्व कप्तान इमरान खान, पूर्व क्रिकेटरहरु वसिम अकरम, शाहिद अफि्रदी, वकार युनिस, मोहम्मद युसुफ र आफ्ना प्रशंसकहरुलाई धन्यवाद भनेका छन् ।

आफ्नो भिडियोमा आमिरले भनेका छन्, ‘टेष्ट क्रिकेट खेल्ने सपना पूरा एकदमै थोरै व्यक्तिको मात्र हुन्छ । टेष्ट क्रिकेटमा पाकिस्तानको प्रतिनिधित्व गर्न पाउनु मेरोलागि निकै सम्मानको कुरा थियो । मैले टेष्ट क्रिकेटमा राम्रो प्रदर्शन पनि गरेँ । १४ म्याचमा ५१ विकेट लिने सबैभन्दा युवा खेलाडी पनि बनें । लर्ड्समा ६ विकेट लिएँ, नम्बर-१ टेष्ट टिमको सदस्य बनेँ, म त्यो टिमको सदस्य बनेँ जसले वेष्टइन्डिजमा २६ वर्षपछि टेष्ट सिरिज जित्यो ।’

टेष्ट क्रिकेटमा मैले रेकर्ड पनि राखें । तर अब म टेष्ट क्रिकेटबाट सन्यास लिँदैछु । पाँच वर्षसम्म म क्रिकेट नखेलेको तपाईंहरुलाई थाहै छ । तर, शरीरलाई रिकभर गर्न, ट्रेन गर्न गाह्रो हुन्छ । त्यसैले मैले फेरि लगातार तीन वर्ष क्रिकेट खेलेँ । वनडे, टेष्ट र टी-२० खेलें । मेरो शरीरले रेष्ट पनि पाएन । म घाइते पनि भएँ ।’

त्यसपछि मलाई लाग्यो- दिनहुँ मेरो उमेर बढ्दै जान्छ र तीव्र बलरको करियर लामो पनि हुँदैन, त्यसैले मैले एउटा निर्णय गर्नै पर्ने हुन्छ । त्यसैले धेरै कुराहरुलाई ध्यानमा राख्दै म केमा केन्दि्रत हुने भनेर एउटा निर्णय गर्नैपर्ने समय आयो । त्यसैले म अब सेतो बलमा केन्दि्रत हुन्छु र टेष्ट क्रिकेटबाट सन्यास लिन्छु ।’

आमिरको रिटायरमेन्टप्रति पाकिस्तान क्रिकेट बोर्डका म्यानेजिङ डाइरेक्टर वसीम खानले मैदानमात्र नभइ ड्रेसिङ रुममा पनि आमिरको कमी महसुस हुने बताएका छन् । उनले भनेका छन्, ‘पाकिस्तान क्रिकेटमा हालका दिनहरुमा आमिर बायाँ हातका सबैभन्दा रोमाञ्चक र प्रतिभाशाली तीव्र बलरमध्ये एक हुन् । उनले प्रतिकूल परिस्थितिलाई पन्छाउँदै क्रिकेटमा पुनरागमन गरे । उनी एक राम्रो र बलियो व्यक्तित्वको रुपमा मैदानमा प्रवेश गरे । मैदानमा उनको प्रदर्शन र उनको व्यक्तित्वको कमी ड्रेसिङ रुममा पनि हुने छ ।’

आमिरको टेष्ट करियर

आमिरले आफ्नो अन्तिम टेष्ट म्याच दक्षिण अफि्रकाविरुद्ध जनवरी २०१९ मा खेलेका थिए, जहाँ उनले चार विकेट लिए । आफ्नो टेष्ट करियरको क्रममा आमिरले चार पटक इनिङमा पाँच विकेट पनि लिएका छन् । यस क्रममा सन् २०१७ मा वेष्टइन्डिजविरुद्ध किंग्सटन टेष्टमा ४४ रनमा ६ खेलाडीलाई आउट गरे । यो उनको टेष्ट क्रिकेटमा सर्वश्रेष्ठ प्रदर्शन हो ।

आमिरको टेष्ट करियरको सबैभन्दा निराशाजनक समय सन् २०११ मा आयो । सन् २०११ मा स्पट फिक्सिङको मुद्दामा उनलाई जेल सजायँ भएको थियो । उनले तीन महिना जेल सजायँ भोगे र पाँच वर्षसम्म क्रिकेट खेल्न प्रतिवन्ध लाग्यो । त्यसपछि सन् २०१६ जनवरी महिनामा उनी फेरि पाकिस्तानको क्रिकेट टिममा फर्किए । त्यसपछि उनले आफ्नो शानदार खेल प्रदर्शन गरे र पाकिस्तानलाई सन् २०१७ मा च्याम्पियन्स ट्रफीको बिजेता पनि बनाए ।

लासिथ मालिंगाले क्रिकेटलाई भने अलविदा

विचित्र बलिङ एक्सन र घुमि्रएको कपालका कारण पनि समाचारमा छाइरहने लासिथ मालिंगाले क्रिकेटलाई अलविदा भनेका छन् । उनले बंगालदेशविरुद्ध शुक्रबार अन्तिम म्याच खेले ।

श्रीलंकाका लागि ३० टेष्ट, २२५ वनडे र ७३ टी-ट्वान्टी खेलिसकेका मालिङको करियर निकै शानदार रह्यो । उनले वनडेमा आफ्नो सटिक यार्करका कारण ३३५ विकेट लिए भने टेष्ट क्रिकेटमा १०१ विकेट झारे ।

सन् २००४ बाट क्रिकेट करियर सुरु गरेका मालिंगा १५ वर्षसम्म श्रीलंका टीमको खतरनाक बलरमा गनिँदै आएका छन् । मालिंगा क्रिकेटको इतिहासमा यस्ता एकमात्र क्रिकेटर हुन् जसले अन्तर्राष्ट्रिय क्रिकेटमा चार बलमा चार विकेट लिए । उनले यस्तो रेकर्ड सन् २००७ मा दक्षिण अफि्रकाविरुद्धको खेलमा लिएका थिए ।

यतिमात्र होइन, वनडे क्रिकेटमा तीन पटक ह्याटि्रक गरेको रेकर्ड पनि उनकै नाममा छ । उनले आईसीसी वर्ल्डकप क्रिकेटमा दुई पटक ह्याटि्रक समेत गरे । यस्तो खेल प्रदर्शन गर्ने उनी एकमात्र क्रिकेटर हुन् ।

सम्बन्धित वर्गका समाचारहरू

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज राति ११…
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज… विस्तृतमा
एप्पल इभेन्ट आज, सार्वजनिक हुँदै छ आइफोन १५ 
काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको… विस्तृतमा
अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !
यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।… विस्तृतमा
मिनिबससँग रेल ठोक्किँदा चिलीमा ७ को मृत्यु
चिली । दक्षिण अमेरिकी देश चिलीमा शुक्रबार रेलवे क्रसिङमा एउटा यात्रुवाहक रेल एक मिनीबससँग ठोक्किएको… विस्तृतमा