म्यानमारमा स्वाइनफ्लू, ९० जनाको मृत्यु

1
1
August 08, 7:08

एजेन्सी, साउन २३, - म्यानमारमा यस वर्ष मात्रै स्वाइन फ्लूका कारण मृत्यु हुनेको सङ्ख्या ९० पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ। स्वास्थ्य तथा खेलकुद मन्त्रालयअन्तर्गतको सार्वजनिक स्वास्थ्य विभागले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार मृत्यु हुनेहरूको यो सङ्ख्या यस वर्षभरीको हो।

सन् २०१९ को जनवरी १ देखि अगस्ट ७ सम्ममा ४ सय २२ जनामा स्वाइन फ्लू भएको प्रयोगशालाबाट पुष्टि भएको थियो। सरकारी अधिकारीहरूका अनुसार यस अवधिमा स्वाइन फ्लूबाट मृत्यु हुनेहरूको सङ्ख्या सबैभन्दा धेरै याङ्गुनमै रहेको पाइएको छ।

उनीहरूले याङ्गुनमा ६३ जनाको मृत्यु भएको जानकारी दिएका छन्। याङ्गुनपछि अयेयार्वाडी क्षेत्रमा ९ जनाको र बागो क्षेत्रमा ७ जनाको मृत्यु भएको पनि अधिकारीहरूले जनाएका छन्। 

सम्बन्धित वर्गका समाचारहरू

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको…
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज… विस्तृतमा
एप्पल इभेन्ट आज, सार्वजनिक हुँदै छ आइफोन १५ 
काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको… विस्तृतमा
अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !
यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।… विस्तृतमा
मिनिबससँग रेल ठोक्किँदा चिलीमा ७ को मृत्यु
चिली । दक्षिण अमेरिकी देश चिलीमा शुक्रबार रेलवे क्रसिङमा एउटा यात्रुवाहक रेल एक मिनीबससँग ठोक्किएको… विस्तृतमा