बडैपुरमा विङगरले अटोलाई ठक्कर दिँदा अटोमा सवार एक जनाको मृत्यु

Accident
Accident
October 24, 12:37

धनगढी,

कात्तिक ७ -

कैलालीको गौरीगंगा नगरपालिका – ८ मा विङगरले अटोलाई ठक्कर दिँदा अटोमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगंगा – ८ कि २५ वर्षीय निर्मला बुढामगर रहेकी छन् ।

बिहीबार बिहान बिहान ८ः५० बजे पुर्वपश्चिम राजमार्ग अन्तर्गत बडैपुरमा पूर्वबाट पश्चिम तर्फ आइरहेको से १ ज १९३२ नम्बरको विङगरले सोही दिसा तर्फ गइरहेको से १ ख २१५६ नम्बरको अटोलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएकी बुढामगरलाई उपचारका लागी कोहलपुर लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए ।

ठक्कर दिने विङगर र चालक धनगढी – १३ का २७ वर्षीय गोपाल रानालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अटो चालकलाई सामान्य चोट लागेको छ । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा