खोलाले बगाएर बेपत्ता भएकी पाँच बर्षिया बालिका मृत फेला

news doti
news doti
June 27, 5:04

डोटी। डोटीमा खोलाले बगाएर बेपत्ता भएकी पाँच बर्षिया बालिका मृत फेला परेकी छन्। शनिवार दिउँसो दुई बजे जिल्लाको पूर्वीचौकी गाउँपालिका–४ स्थित गण्डीगाडले बगाउँदा भीम मिजारी छोरी मिनु मिजार बेपत्ता भएकी हुन्।

बाख्रा चराउन गएको बेला खोलाले बगाएर बेपत्ता भएकी बालिकालाई आइतबार दिउँसो दुई बजे पूर्वीचौकी गाउँपालिका- १ साझघाटको खोला किनारमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए।

उनले भने ,'बगेको स्थानबाट २ किमी पश्चिम खोला किनारामा फेला परिन्।' बेपत्ता भएकी बालिकाको खोजी कार्यमा प्रहरी, सशस्त्र र स्थानीय सहयोगमा गरिएको थियो।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा