बझाङमा एक महिलाले सडकमै जन्माइन् बच्चा

news doti
news doti
June 29, 4:17

बझाङ: बझाङको जयपृथ्वी नगरपालिका–११ की २५ वर्षीया शर्मीला खड्कालाई हिजो (सोमबार) सुत्केरी बेथा सुरु भयो। त्यसपछि उनी सासुसँगै जिल्ला अस्पताल बझाङका लागि घरबाट निस्किइन्। 

तर उनी अस्पताल भने पुग्न पाइनन्। उनलाई एक जीपले सडकमै अलपत्र अवस्थामा छाडेर गयो। त्यसपछि शर्मीलाले सडकमै बच्चालाई जन्म दिइन्। सडकमा रोएको आवाज सुनेपछि त्यहाँका स्थानीय शर्मीला भएको ठाएँमा पुगेका थिए। आमाको अवस्था गम्भीर र छेउमै बच्चा सुतेको देखेपछि स्थानीयले जिल्ला अस्पतालमा फोन गरेका थिए। 

तत्पश्चात जिल्ला अस्पताल बझाङको चिकित्सक टोली आएर आमा र बच्चको उद्धार गरेको अस्पतालका मेसु सन्दीप ओखेडाले बताए।एम्बुलेन्समा ल्याइएका र आमालाई उपचारपछि आज (मंगलबार) डिस्चार्ज गरिएको मेसु ओखेडाले बताए। 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा