मृतकका परिवारलाई सन नेपाल लाइफ इन्स्योरेन्स द्धारा बिमा वाफतको रकम हस्तान्तरण

sasas
sasas
July 09, 2:57

असार २४ बझाङ
बझाङमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विमितका परिवारलाई बिमा वाफतको रकम प्रदान गरेको  छ । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनिमा बझाङको तल्कोट गाँउपालिका ५ का ईश्वर धरालाले १ लाख ५० हजारको  १५ बर्षे जीवन बिमा गरेका थिए । धरालाले जीवन विमाको दुई किस्ता बाफत २० हजार रुपैया जम्मा गरेका थिए । विमित धरालाको २०७६ को कात्र्तिक महिनामा घाँस काटने क्रममा भिर बाट लडेर ज्यान गएको थियो । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनिले मृतकका परिवारलाइ विमा रकम उपलब्ध गराएको हो । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका क्षेत्रीय प्रवन्धक दिपेन्द्र शाह र अधिकर्ता रुपा सिंहले मृतकका बुबा हरिलाल धरालालाई तीन लाख १२ हजार ९ सय रुपैयाँको चेक हस्तान्तरण गरेको हो । छोराले संसार छोडेर गएपनि जीवन विमा गरेकाले बुढेस कालको साहारा बनेको विमितका बुबा हरिलाल धरालाले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा