बझाङमा बिना मास्क बजार हिड्नेलाई एक सय जरिवाना
चैनपुर । कोरोना भाईरसले मुलुक त्रसित भैरहेको बेला मास्क नलागएर बजारमा हिड्ने ब्यक्तिहरुलाई बझाङ प्रहरीले जरिवाना गर्ने गरेको छ् ।
बझाङ्गको सदरमुकाम चैनपरमा मास्क नलागएर बजार आवतजावत गर्ने ब्यक्तिहरुलाई प्रहरीले जरिवाना गर्ने गरेको हो । मास्क नलगाएर हिडेका ब्यक्तिलाई प्रहरीले एक सय रुपैया जरिवाना सहित रसिद काटे पछि सम्झाई बुझाई गर्दै मास्क दिने गरेको डिएसपी रुपक खड्काले बताए । उनले प्रहरी समाजकै लागि काम गरिरहेको हुन्छ तर समाजमा बस्ने ब्यक्तिहरुले पनि हाम्रै लागि हो भनेर बुझ्न सक्नु नै ठुलो कुरा भएको बताए ।
सरकारले चलाएको कोभिड बिरुद्धको “नेपाल मास्क अभियान” लाई निरन्तर संचालन गर्नका लागी बझाङ प्रहरीले स्थानिय प्रशासन ऐन अनुसार मास्क नलगाएर हिड्ने ब्यक्तिहरुलाई जरिवाना गर्ने गरेको छ । जरिवाना गरेको पैसा नेपाल सरकारको राजश्व मा जम्मा गर्ने गरेको छ भने अहिले सम्म मास्क नलगाएर हिड्ने १ सय ९१ जना ब्यक्तिहरुवाट १९,१०० रुपैया संकलन भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी रुपक खड्काले जानकारी दिए ।