स्वास्थ्य-सौन्दर्य
December 17, 12:46
बैतडी, २ पुष / बैतडीमा ७५ हजारभन्दा बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन्। स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार बैतडीमा ७५ हजार ३४५ जनाले खोपको पूर्ण मात्रा लगाएका हुन्।
खोपको पहिलो मात्रा भने ८९ हजार ९८४ जनाले लगाएका छन्। पछिल्लो विवरणअनुसार सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा १५ हजार ४०२ जनाले पहिलो मात्रा र १८ हजार ३५६ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। डिलाशैनी… विस्तृतमा
December 16, 12:07
धनगढी,१ पुष / विशिष्ट विशेषज्ञ सेवासहितको संघीय अस्पतालको रुपमा स्तरोन्नती गरिएको डडेल्धुरा अस्पतालले सरकारलाई १ हजार ३ सय ५३ जना कर्मचारी दरबन्दी थप सिर्जना गर्न अनुरोध गरेको छ। ७ सदस्यीय संगठन संरचना एवम् दरबन्दी पुनरावलोकन कार्यदलले तयार गरेको प्रतिवेदनमा ५ सय बेड वा सो भन्दा बढी शय्याको अस्पताल सञ्चालन गर्नको लागि ठूलो संख्यामा थप नयाँ दरबन्दी स्वीकृतीका लागि अनुरोध गरेको हो।
कार्यदलले… विस्तृतमा
December 16, 10:51
काठमाण्डौं,१ पुष / विश्वभर करिब ७ लाख कोरोना संक्रमित थपिएका छन् ।ओल्डोमिटरको पछिल्लोविवरणअनुसार पछिल्लो २४ घण्टामा ६ लाख ९१ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यही अवधिमा ५ लाख २ हजार ४८३ जना कोरोनामुक्त भएका छन् भने ७ हजार ५३६ जना संक्रमितको मृत्यु भएको छ ।
थपिनेमा अमेरिकामा एक लाख २६ हजार १८२, बेलायतमा ७८ हजार ६१०, फ्रान्समा ६५ हजार ७१३ र जर्मनीमा ५५ हजार ६५० जना रहेका छन् ।… विस्तृतमा
December 15, 10:45
धनगढी,२९ मंसिर ।सुदूरपश्चिम प्रदेशमा हालसम्म १८ लाख ४५ हजार ३०२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।स्वास्थ्य मन्त्रालयको मङ्सिर २४ गतेसम्मको तथ्याङ्क अनुसार विभिन्न गतवर्षको माघदेखि हासम्म सो सङ्ख्यामा व्यक्तिले कोरोनाविरुद्धको खोप लगाएका हुन । अहिलेसम्म आठ लाख छ हजार ६४३ जनाले पूर्ण मात्रामा खोप लगाएका छन् ।
पूर्ण मात्रामा खोप लगाउनेको सङ्ख्या ४१ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।… विस्तृतमा
December 13, 4:18
झलनाथ खनाल
धनजढी २७ मंसिर/ भजनी कैलालीको भजनी प्राथमिक स्वास्थ्य केन्द्र भजनी नगरपालिकाको स्थानीयवासीका लागि मात्रै नभइ आसपासका स्थानीय तहका नागरिकको पनि उपचारका लागि एक मात्रै सुविधायुक्त स्वास्थ्य केन्द्र हो। भजनी नगरपालिका, घोडाघोडी नगरपालिका र जोशीपुर गाउँपालिकाबाट नागरिक उपचारका लागि भजनी प्राथमिक स्वस्थ्य केन्द्र पुग्ने गरेको भए पनि स्वस्थ्य केन्द्रमा स्वास्थ्यकर्मीको दरबन्दी नहुँदा… विस्तृतमा
December 06, 10:28
भारतमा थप १७ जनामा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । आइतबार एकैदिन उक्त भेरियन्टका १७ संक्रमित थपिएका हुन् ।
राजस्थानमा नौ, महाराष्ट्रमा सात र नयाँ दिल्लीमा ओमिक्रोनका एक संक्रमित फेला परेका हुन् । योसँगै भारतमा हालसम्म २१ जनामा ओमिक्रोन पुष्टि भएको बीबीसी हिन्दीले जनाएको छ ।विश्व स्वास्थ्य संगठनले यो भेरियन्ट 'चिन्ताको विषय' भएको जनाएको छ ।
November 24, 2:30
कञ्चनपुर — कञ्चनपुरमा १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिइने भएको छ । शनिबारदेखि जिल्लामा १८ वर्षमाथिका सबैलाई खोप दिइने स्वास्थ्य कार्यालयले जनाएको छ । अहिले भेरोसेल र अस्ट्राजेनेकाको खोप लगाइने छ । पहिलो चरणमा भेरोसेलका १ लाख डोज खोप आउनेछ ।जिल्लामा मौज्दात रहेको ७ हजार अस्ट्राजेनेकाको खोपमध्ये दोस्रो डोजका लागि सुनिश्चित गरेर लगाइने स्वास्थ्य कार्यालयका कोल्ड चेन अधिकृत जनक… विस्तृतमा
November 19, 9:56
धनगढी ३ मंसिर/धनगढीमा रहेको सारथी अस्पतालले नयाँ व्यवस्थापनका साथ नसा तथा हाडजोर्नी र मेरुदण्डमा हुने विभिन्न प्रकारका समस्याहरुको उपचार सुरु गरेको छ। काठमाडौँबाट विशेषज्ञ डक्टरहरुले नयाँ व्यवस्थापनका साथ सेवा सुरु गरेका हुन्।
कन्सलटेन्ट अर्थोपेडिक एण्ड अर्थोकोपी सर्जन डाक्टर धनबहादुर कार्की र कन्सलटेन्ट अर्थोपेडिक स्पाइन एण्ड ट्रमा सर्जन डा निरज शाहको टोलीले सारथी अस्पतालबाट सो सेवा सुरु गर्ने… विस्तृतमा
November 15, 2:15
धनगढी, २८ कार्तिक/ विश्व मधुमेह दिवसको अवसर पारेर धनगढीस्थित सारथी अस्पतालमा सचेतना मूलक कार्यक्रम गर्नुको साथै निःशुल्क मधुमेह जाँच गरेको छ । अस्पताल परिसरमा सोमबार विभिन्न सचेतना मुलक कार्यक्रमको साथै निःशुल्क मधुमेह जाँच तथा उपचार गरेको हो ।
अस्पतालका प्याथोलोजिस्ट डाक्टरहरुले मधुमेह हुन नदिन र भइहाले पनि कसरी रोकथाम र नियन्त्रण गर्न सकिने त्यसबारेमा विरामीहरूलाई स्वास्थ्य सचेतना दिएका थिए ।… विस्तृतमा
November 14, 1:01
धनगढी – कन्चनपुरको पुर्नवासकी एक १७ वर्षीय किशोरीको शौचालय जाने क्रममा मेरुदण्डको नशा च्यापिएर १७ –१८ दिन सम्म बेडमै थला परिन। उपचारको लागि वरिष्ठ फिजियोथेरापिष्ट डा। सुरेन्द्र ऐरकोमा पुगिन। त्यहाँ उपचारपछि १० दिनको फिजियोथेरापी पछि हिड्न सक्ने अबस्थामा पुगेको बिरामीका आफन्तले बताए । त्यस्तै, धनगढीका एक ३३ वर्षीय युवक कार्यालयमा बस्दा बस्दै मेरुदण्डको नशा च्यापिएर उपचारको लागि नेपालगञ्ज,… विस्तृतमा
November 14, 9:41
धनगढी - कैलालीको धनगढीमा आगामी माघ दोस्रो साताबाट आयोजना हुने विद्यालय स्तरको यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग–६ (एलपीएल–६) को इन्स्योरेन्स पार्टनर अजोड इन्स्योरेन्स लिमिटेड रहने भएको छ । विद्यालय स्तरको क्रिकेटलाई उकास्ने र राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्ने अभियानमा अघि बढेको लिटल फ्लावर प्रिमियर लिगको इन्स्योरेन्स पार्टनरको रूपमा सुनधारा काठमाडौँमा प्रधान कार्यालय… विस्तृतमा
November 13, 10:21
धनगढी, २६ कार्तिकरविश्व मधुमेह दिवसको अवसरमा सारथी अस्पताल प्रालिले निशुल्क मधुमेह परिक्षण शिविर संचालन गर्ने भएको छ । लायन्स कलब अफ सारथीको सहयोगमा कार्तिक २८ गते सारथी अस्पतालले निशुल्क शिबिर संचालन गर्ने अस्पतालका प्रबन्ध निर्देशक बेदप्रशाद जोशीले जानकारी दिए ।
अस्पतालले संचालन गर्ने शिबिरमा निशुल्क परामर्श, औषधी वितरण, चेकअप गर्ने अस्पतालका प्रबधन निर्देशक जोशीले जानकारी दिए । शिबिरमा डा. … विस्तृतमा
November 02, 2:12
सुदूरपश्चिम प्रदेशमा मिर्गौला पीडितहरूको उपचारमा समस्या देखिएको छ । सेती प्रादेशिक अस्पतालमा मात्रै डायलासिसको व्यवस्था भए पनि फिस्टुला भर्न भने भारत वा काठमाडाैं नै जानुपर्ने बाध्यता रहेको छ । डायलासिसका लागी अस्पताल पुगेका बिरामीहरूमध्ये कतिपयले अस्पतालकै शैयामा ज्यान गुमाइरहेका छन् भने कतिपय बिरामीहरू पालो कुरिरहेका छन् ।
अस्पतालको फार्मेसीमा मिर्गौला डायलासिसको सामान्य औषधी पनि नपाइदा… विस्तृतमा
October 30, 12:22
धनगढी,१३ कात्तिक । कार्तिक पहिलो साताको भारी वर्षाका कारण गएको बाढीपहिरोले सुदूरपश्चिमका अधिकांश ग्रामीण सडक अवरुद्ध छन् । बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अझै सुचारु भएको छैन । तराइ र सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने एकमात्र भीमदत्त राजमार्ग पहिरोका कारण केही दिन अवरुद्ध रह्यो। डडेल्धुरा–डोटी जोड्ने केआइसिंह राजमार्ग सातापछि अहिले सुचारु भएको छ ।
बैतडी, दार्चुला जोड्ने राजमार्ग पनि केही दिन बन्द… विस्तृतमा
October 30, 10:16
मार्तडी, १३ कार्तिक । जिल्लाको बूढीगङ्गा नगरपालिकामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन्। मौसम परिवर्तसँगै यहाँका स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन्।
बेमौसमी वर्षासँगै भएको मौसम परिवर्तनका कारण भाइरल ज्वरोका बिरामी बढ्न थालेको सोही नगरपालिका–२ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र ताँप्राकी स्वास्थ्य सहायक आशा थापाले बताइन्।
उनका अनुसार स्वास्थ्य संस्थामा दैनिकरुपमा १० देखि… विस्तृतमा